Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

१६८ किलो गाँजासहित चितवनमा दुई जना पक्राउ

१६८ किलो गाँजासहित चितवनमा दुई जना पक्राउ


चितवन :  राप्ती नगरपालिका–१० चिप्लेटीबाट प्रहरीले १६८ किलो लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले मंगलबार बिहान करिब ३ः४० बजे चिप्लेटीस्थित सडकमा जाँच गर्ने क्रममा बा प्र ०३–०१–०२३ च ५८२८ नम्बरको कारबाट गाँजा बरामद गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा नवलपरासी पूर्व गैँडाकोट नगरपालिका–२ भृकुटीचोक बस्ने मध्यविन्दु नगरपालिका–७ मिलनचोकका ५१ वर्षीय दिल्लीराम थारू र राप्ती नगरपालिका–१ पिप्ले बस्ने ३६ वर्षीय कर्णबहादुर तामाङ रहेका छन्।

कारको डिकीभित्र लुकाइछिपाई राखिएको अवस्थामा गाँजा फेला परेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

786702678_1293836412700742_1600337266283623065_n.jfif
undefined

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij