Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

मध्यारातमा बिर्तामोडका होटलमा प्रहरीको छापा, सञ्चालकसहित तीन जना पक्राउ

मध्यारातमा बिर्तामोडका होटलमा प्रहरीको छापा, सञ्चालकसहित तीन जना पक्राउ

झपा : युवती राखेर यौन व्यवसाय सञ्चालन गर्ने गरेको गुनासो बढेपछि प्रहरीले झापाको बिर्तामोडस्थित मेची आँखा अस्पताल–सैनिकमोड क्षेत्रका होटलमा छापा मारेको छ ।

इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले गए राति उक्त क्षेत्रका विभिन्न होटलमा सर्च अपरेसन सञ्चालन गरेको हो ।

प्रहरीले होटलमा अनैतिक क्रियाकलाप हुने गरेको गुनासोका आधारमा छापा मारिएको जनाएको छ ।

प्रहरीका अनुसार सर्चका क्रममा सैनिकमोडस्थित होटल सेभेन इनका सञ्चालक गंगा गुरुङसहित तीन जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा होटलमा रहेका युवतीसमेत रहेको प्रहरी स्रोतले जनाएको छ ।इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष पाठकले अनैतिक क्रियाकलाप हुने गरेको गुनासो आएका होटलमा सर्च अपरेसन जारी रहेको बताए ।


प्रहरीले होटलमा हुने गतिविधिमाथि निगरानी बढाउँदै आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij