Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन, तीन नयाँ मन्त्री नियुक्त

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन, तीन नयाँ मन्त्री नियुक्त

दाङ :  लुम्बिनी प्रदेश सरकारमा तीन जना नयाँ मन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मौजुदा मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्।

पुनर्गठित मन्त्रिपरिषद्मा दीपेन्द्रकुमार पुनलाई स्वास्थ्य मन्त्रालय, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र कृष्णा कुश्मा थारूलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ। तीनै जना नयाँ नियुक्त मन्त्री हुन्।

पुनर्गठनपछि तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालय, रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालय, सन्तोषकुमार पाण्डेयलाई शहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहेका रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारीमा रहेका तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालयको जिम्मेवारी तोकिएको छ। त्यस्तै, सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका सन्तोषकुमार पाण्डेयलाई शहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिने प्रस्ताव गरिएको छ।

वर्तमान सरकारमा एमालेबाट मुख्यमन्त्रीसहित चार जना, नेपाली कम्युनिष्ट पार्टी नेकपा बाट तीन जना र जनता समाजवादी पार्टी, नेपालबाट दुई जना मन्त्री रहने गरी भएको सहमतिअनुसार मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो।

नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण भदौ ९ गते भोली मंगलबार दिउँसो ३ बजर २५ मिनेटमा प्रदेश प्रमुखको कार्यालयको सभाहल, बुटवलमा हुने छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट