Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

भूमिहीन सुकुमवासीलाई ढुक्क हुन मन्त्री रावलको आग्रह, ‘सरकारले लालपुर्जा दिन्छ’

भूमिहीन सुकुमवासीलाई ढुक्क हुन मन्त्री रावलको आग्रह, ‘सरकारले लालपुर्जा दिन्छ’

कञ्चनपुर: भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन सुकुमवासीलाई लालपुर्जा पाउनेमा ढुक्क भएर बस्न आग्रह गरेकी छिन्। कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आइतबार भूमिहीन सुकुमवासीसँगको भेटमा मन्त्री रावलले सरकारले लालपुर्जा दिने कुरामा ढुक्क भएर बस्न आग्रह गरेकी हुन्। “तपाईहरुलाई लालपुर्जा दिने बाटो खुलिसकेको छ, कानुनमा सुधार भइसकेको छ”, मन्त्री रावलले भनिन्, “यसमा जिल्ला भूमि समितिले छिटोभन्दा छिटो काम सुरु गरेर तपाईंहरुलाई लालपुर्जा दिन्छ ।” उनले देशैभर भएको समस्या समाधानका लागि कानुनमा धेरै सुधार गर्नुपर्ने रहेको बताइन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट