Logo

Aug 24 2026 | २०८३, भाद्र ८गते

नेपाली सेनाका क्याप्टेन अञ्जल बानियाँ ‘उत्कृष्ट विदेशी विद्यार्थी’ घोषित

नेपाली सेनाका क्याप्टेन अञ्जल बानियाँ ‘उत्कृष्ट विदेशी विद्यार्थी’ घोषित

काठमाडाैँ : भारतमा सम्पन्न रेजिमेन्टल सिग्नलर अफिसर्स कोर्समा नेपाली सेनाका क्याप्टेन अञ्जल बानियाँ उत्कृष्ट विदेशी विद्यार्थी घोषित भएका छन्।

भारतको मिलिटरी कलेज अफ टेलिकम्युनिकेसन इन्जिनियरिङमा सञ्चालन भएको रेजिमेन्टल सिग्नलर अफिसर्स कोर्स अगस्ट २० मा सम्पन्न भएको हो। भारतीय सेनाका विभिन्न सेवाका अधिकृतहरूसँगै नेपाली सेनाका अधिकृतहरूले पनि उक्त तालिममा सहभागिता जनाएका थिए।

तालिमले बटालियन तहमा सञ्चार तथा सिग्नलिङसम्बन्धी दक्षता अभिवृद्धिमा केन्द्रित रहेको थियो। समापन समारोहमा मिलिटरी कलेज अफ टेलिकम्युनिकेसन इन्जिनियरिङका मेजर जनरल गौतम महाजनले प्रशिक्षार्थी अधिकृतहरूलाई सम्बोधन गर्दै उत्कृष्ट प्रदर्शन गर्ने अधिकृतहरूलाई सम्मान गरेका थिए।
भारतीय सेनाको आर्मी एयर डिफेन्सका क्याप्टेन आयुष असवाल ‘उत्कृष्ट विद्यार्थी’ घोषित हुँदा नेपाली सेनाका क्याप्टेन अञ्जल बानियाँले ‘उत्कृष्ट विदेशी विद्यार्थी’को उपाधि प्राप्त गरेका हुन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij