सिरहा : सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका ५ खरुक्याही टोलमा खेत पटाउने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ।घर नजिकै रहेको आफ्नै खेतमा पानी पटाउने क्रममा मोटरको तार मिलाउँदै गर्दा करेन्ट लागेर स्थानीय करिब ४५ वर्षीय मोइसा अंसारीको ज्यान गएको हो।
प्रहरीका अनुसार आइतबार दिउँसो करेन्ट लागेर गम्भीर घाइते भएका अंसारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको हो।
प्रहरी टोलीले घटनास्थलको मुचुल्का लगायतका प्रारम्भिक कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा डीएसपी रमेश बहादुर पालले जानकारी दिए।
शव पोस्टमार्टमको लागि लहानस्थित रामकुमार उमाप्रसाद मुरारका अस्पताल लगिएको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij