Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

माग पूरा नभए फोहोर विस्थापन रोक्ने बञ्चरेडाँडाका स्थानीयको चेतावनी

माग पूरा नभए फोहोर विस्थापन रोक्ने बञ्चरेडाँडाका स्थानीयको चेतावनी

काठमाडौंः बञ्चरेडाँडाका स्थानीयले काठमाडौं उपत्यकाबाट फोहोर बोकेर गएको गाडीलाई एक घण्टा रोकेका छन्। वैज्ञानिक प्रविधिबाट फोहोर व्यवस्थापन नभएकाले गाउँभरी दुर्गन्ध फैलिएपछि स्थानीय आन्दोलित भएका हुन्।

विगतको सहमति पनि कार्यान्वयन नभएकाले आन्दोलनमा उत्रन बाध्य भएको सिसडोल बन्चरे डाँडा फोहोर व्यवस्थापन सरोकार केन्द्रले आज बिहान १ घण्टाको लागि बञ्चरेडाँडामा रोकेका हुन्। १५ दिनभित्र माग सम्बोधन नभए फोहोर खन्याउन रोक लगाउने उनीहरुले चेतावनी दिएका छन्। 

बञ्चरे डाँडाको फोहोरको लिच्चेड बगेर खोलामा मिसिएको छ। कुहिने र नकुहिने फोहोर नछुट्याउदा २० वर्षको लागि बनाएको ल्यान्डफिल साइटको लिच्चेडले ड्याम्प भरिएको छ। ‘अन्तर्राष्ट्रिय मापदण्ड अनुसार प्रभावित क्षेत्रको जग्गा अधिग्रहण हुनुप¥यो। लिच्चेडको व्यवस्थापन गर्नुप¥यो’, स्थानीयबासीले भने, ‘यहाँको नागरिकको स्वास्थ्य र शिक्षाको विशेष व्यवस्था राज्यले गर्नुप¥यो। रोजगारको प्रबन्ध हुनुप¥यो।’

१५ दिनभित्र माग पूरा नभए फोहोर विसर्जनमा रोक लगाउने चेतावनी स्थानीयले दिएका छन्। काठमाडौं उपत्यकासहित २१ वटा पालिकाको फोहोर सिसडोल–बञ्चरेडाँडा लैजाने गरिएको छ। २० वर्षका लागि बनाइएको ल्यान्डफिल साइटमा फोहोरको चुली बनेको छ। फोहोरले बञ्चरेडाँडा पनि सिसडोल झैं डम्पिङ साइट भएको छ।

धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाको सिमाना बञ्चरेडाँडामा विगत ४ वर्षदेखि फोहोर फाल्न थालिएको हो। यसअघि १७ वर्षसम्म सिसडोलमा फोहोर फालिएको थियो।

फोहोरका कारण गाउँभर क्यान्सर, मुटु, मिर्गौला जस्ता प्राणघातक रोगी भेटिन्छन्। झाडापखाला, टाइफाइड, श्वासप्रश्वास, छालालगायतका बिरामी घरैपिच्छे छन्। अनाज उत्पादनमा ह्रास र पशुपंक्षी पालनमा असर परेको स्थानीयको गुनासो छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट