Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

टप एन्ड टी–२० सिरिज :आज बंगलादेश हाई–परफर्मेन्ससँग भिड्दै नेपाल ए

टप एन्ड टी–२० सिरिज :आज बंगलादेश हाई–परफर्मेन्ससँग भिड्दै नेपाल ए

काठमाडौंः अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ले आज बंगलादेश हाई–परफर्मेन्ससँग प्रतिस्पर्धा गर्दैछ। 

पहिलो खेलमा आयोजक नर्दन टेरिटोरी स्ट्राइकसँग आठ विकेटले पराजित भएको नेपाल ‘ए’ आजको खेलमा पुनरागमन गर्दै पहिलो जित दर्ता गर्ने लक्ष्यमा छ।

डार्विनस्थित मारारा ओभलमा हुने नेपाली समयअनुसार अपराह्न २ः१५ बजे खेल सुरु हुने नेपाल क्रिकेट संघले जनाएको छ। नेपाल ‘ए’ले पहिलो खेलमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि आज ब्याटिङ र बलिङ दुवैमा सुधार गर्दै बंगलादेश हाई–परफर्मेन्सलाई चुनौती दिने तयारी गरेको छ। प्रतियोगिताको सुरुआतमै हार व्यहोरे पनि नेपालसँग लिग चरणमा सुधारको अवसर बाँकी छ।

नेपालले यसअघि गत वर्षको टप एन्ड टी–२० मा पनि बंगलादेश ‘ए’ विरुद्ध खेलेको थियो। उक्त खेलमा नेपाल २९ रनले पराजित भएको थियो। 

प्रतियोगितामा प्रत्येक टोलीले लिग चरणमा छ खेल खेल्ने भएकाले नेपालका लागि आजको खेलपछि पनि अगाडि बढ्ने पर्याप्त अवसर रहनेछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट