काठमाडौंः सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ। बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक सुरु हुने महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए।
बैठक स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुमोदन गर्ने सम्बन्धमा, राइट टु रिकल सम्बन्धी दस्ताबेज निर्माण गर्ने सम्बन्धमा र साङ्गठनिक व्यवस्थापन तथा मनोनयन सम्बन्धी विषयमा छलफल हुने आचार्यले बताए।
त्यस्तै केन्द्रीय समिति सदस्य मनोनयन सम्बन्धमा, पदाधिकारी मनोनयन सम्बन्धमा, सचिवालय सदस्य मनोनयन सम्बन्धमा, विभागीय प्रमुखहरूको मनोनयन सम्बन्धमा, र स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन सम्बन्धमा पनि बैठकमा छलफल हुनेछ।
केन्द्रीय समिति र प्रतिनिधि सभा सदस्य नेतृत्वमा स्थानीय तहमा उम्मेदवार छनोट रूपरेखा अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन सम्बन्धमा र पार्टीको मुखपत्रका रूपमा स्वतन्त्र मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने सम्बन्धमा पनि बैठकले आवश्यक निर्णय लिने उनले बताए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij