भरतपुर : भरतपुरको अग्रणी होटलका रूपमा स्थापित होटल सिराइचुली अन्तर्राष्ट्रिय होटल ब्रान्ड Best Western Hotels & Resorts सँग आबद्ध भएको छ। आबद्धतासँगै होटलले अब ‘Best Western Siraichuli Hotel’ नामबाट सेवा सञ्चालन गर्ने भएको छ।
चितवनको आतिथ्य तथा पर्यटन क्षेत्रमा भएको यो आबद्धतालाई अन्तर्राष्ट्रिय बजारमा भरतपुरको पर्यटन पहिचान विस्तार गर्ने महत्वपूर्ण कदमका रूपमा लिइएको छ। Best Western को विश्वव्यापी सञ्जालसँग जोडिएसँगै होटलले अन्तर्राष्ट्रिय बुकिङ प्रणाली, लोयल्टी कार्यक्रम तथा विश्वस्तरीय सेवा मापदण्डको लाभ प्राप्त गर्नेछ।
नयाँ ब्रान्ड पहिचानसँगै होटलले आफ्नो स्थानीय पहिचान र मौलिक नेपाली आतिथ्यतालाई भने निरन्तरता दिने जनाएको छ। अन्तर्राष्ट्रिय ब्रान्डसँग जोडिँदै भरतपुरको आतिथ्य क्षेत्र होटल सिराइचुलीको स्वामित्व पक्ष र Best Western Hotels & Resorts बीच भएको फ्रेन्चाइज सम्बन्धलाई पुनर्ब्रान्डिङमार्फत औपचारिकता दिइएको हो। सम्झौताअनुसार होटलको सञ्चालन प्रणाली, पाहुना सेवा तथा सुविधालाई Best Western का अन्तर्राष्ट्रिय मापदण्डअनुसार थप व्यवस्थित गरिनेछ। होटलको स्थानीय स्वामित्व र पहिचान यथावत रहनेछ। नेपालमा Best Western को ब्रान्ड व्यवस्थापन, सम्पत्ति व्यवस्थापन तथा होटल प्रणालीका क्षेत्रमा रणनीतिक साझेदारका रूपमा Traveality Nepal ले रूपान्तरण प्रक्रियामा सहजीकरण गरिरहेको छ।
Best Western सँगको आबद्धतापछि होटलमा आउने स्वदेशी तथा विदेशी पाहुनाले अन्तर्राष्ट्रिय ब्रान्डसँग जोडिएको सेवा गुणस्तर र विश्वसनीयताको थप अनुभूति गर्ने अपेक्षा गरिएको छ। साथै, विश्वव्यापी बुकिङ प्रणाली र लोयल्टी कार्यक्रममार्फत होटलको पहुँच अन्तर्राष्ट्रिय बजारसम्म विस्तार हुने विश्वास गरिएको छ। ७१ कोठासहित आधुनिक सुविधा Best Western Siraichuli Hotel भरतपुर तथा समग्र चितवन क्षेत्रका लागि उच्चस्तरीय आतिथ्य सेवा प्रदान गर्दै आएको होटल हो। चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारका रूपमा रहेको होटलले स्वदेशी तथा विदेशी पर्यटकसँगै व्यवसायी, सम्मेलन, विवाह तथा विभिन्न कार्यक्रमका समूहलाई सेवा दिँदै आएको छ। होटलमा Deluxe, Executive, Mini Suite र Suite गरी चार श्रेणीका ७१ वटा कोठा छन्। कोठाबाट भरतपुर शहर तथा हिमाली दृश्यसमेत अवलोकन गर्न सकिने व्यवस्था रहेको होटलले जनाएको छ। होटल परिसरमा तीनवटा भोजन तथा बार सेवा सञ्चालनमा छन्।
Timmur मा स्थानीय तथा अन्तर्राष्ट्रिय परिकारसँगै कफीको सेवा उपलब्ध छ। त्यस्तै, Kausi Lounge रूफटप तथा पूलसाइड बारका रूपमा सञ्चालनमा रहेको छ, जहाँ अन्तर्राष्ट्रिय परिकार, हस्तनिर्मित ककटेल तथा विभिन्न अन्तर्राष्ट्रिय वाइन उपलब्ध छन्। बैठक तथा कार्यक्रमका लागि ४०० जनासम्म अट्ने बैंक्वेट हल, बोर्डरुम तथा पीडीआरको सुविधा रहेको छ। मनोरञ्जन तथा स्वास्थ्यसम्बन्धी सेवाअन्तर्गत रूफटप स्विमिङ पुल, जिम र स्पा पनि सञ्चालनमा छन्। यसका अतिरिक्त होटलमा उच्च गतिको इन्टरनेट, बिजनेस सेन्टर, २४ घण्टा फ्रन्ट डेस्क, २४ घण्टा खाना सेवा, विमानस्थल तथा स्थानीय ट्रान्सफर, पार्किङ, विद्युतीय सवारी चार्जिङ स्टेसन र दैनिक बुफे ब्रेकफास्टलगायत सुविधा उपलब्ध छन्।
चितवन पर्यटनको प्रवेशद्वारका रूपमा भरतपुर भरतपुर चितवनको प्रमुख आर्थिक तथा प्रशासनिक केन्द्रका रूपमा तीव्र गतिमा विकास भइरहेको शहर हो। चितवन राष्ट्रिय निकुञ्जको प्रमुख प्रवेशद्वारसमेत रहेको भरतपुर वन्यजन्तु तथा पर्यटनका दृष्टिले महत्वपूर्ण गन्तव्य हो। युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज एकसिंगे गैंडा, बंगाल टाइगरलगायत दुर्लभ वन्यजन्तु तथा जैविक विविधताका लागि प्रसिद्ध छ। वन्यजन्तु पर्यटनसँगै भरतपुर व्यापार, स्वास्थ्य, शिक्षा तथा आन्तरिक पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा समेत विकसित हुँदै गएको छ। बढ्दो पूर्वाधार र यातायात सम्पर्कका कारण पछिल्ला वर्षमा व्यावसायिक तथा पर्यटकीय आगन्तुकको संख्या बढिरहेको होटलको प्रेस सामग्रीमा उल्लेख छ।
अन्तर्राष्ट्रिय सञ्जालबाट पर्यटन प्रवर्द्धनको अपेक्षा Best Western सँगको आबद्धताबाट होटलका साथै चितवनको पर्यटन क्षेत्रले समेत लाभ लिन सक्ने अपेक्षा गरिएको छ। अन्तर्राष्ट्रिय बुकिङ प्रणालीमा पहुँच, विश्वव्यापी लोयल्टी कार्यक्रम, अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड र होटलको विश्वव्यापी दृश्यता वृद्धि यस आबद्धताका प्रमुख लाभका रूपमा लिइएको छ। Best Western का मापदण्डअनुसार कर्मचारी तालिम तथा सेवा प्रक्रियाको विकासमार्फत पाहुनालाई थप एकरूप र स्तरीय सेवा उपलब्ध गराउने लक्ष्य होटलले राखेको छ।
अन्तर्राष्ट्रिय पर्यटकबीच परिचित होटल ब्रान्डसँगको आबद्धताले चितवनप्रति विदेशी पर्यटकको विश्वास बढाउनुका साथै पर्यटन विकास, रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। Best Western को नेपालमा विस्तार Best Western Hotels & Resorts विश्वका प्रमुख होटल ब्रान्डमध्ये एक हो। यसको नेटवर्क १०० भन्दा बढी देश तथा क्षेत्रमा फैलिएको छ। दशकौँको आतिथ्य अनुभवमा आधारित यो ब्रान्डले गुणस्तर, आराम र सेवाको निरन्तर मापदण्डका लागि अन्तर्राष्ट्रिय यात्रुमाझ पहिचान बनाएको छ।
विश्वव्यापी बुकिङ प्रणाली तथा लोयल्टी कार्यक्रममार्फत Best Western ले स्वतन्त्र होटल सञ्चालक र पाहुनालाई अन्तर्राष्ट्रिय नेटवर्कसँग जोड्दै आएको छ। नेपालमा यसअघि Best Western का दुईवटा होटल सञ्चालनमा रहेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब पाँच मिनेटको दूरीमा तथा पशुपतिनाथ मन्दिर नजिक रहेको होटल र गोदावरीमा रहेको होटलपछि Best Western Siraichuli Hotel थपिएसँगै ब्रान्डको उपस्थिति चितवनसम्म विस्तार भएको छ। नेपालमा Best Western का लागि रणनीतिक साझेदारका रूपमा कार्यरत Traveality Nepal ले ब्रान्ड व्यवस्थापन, सम्पत्ति व्यवस्थापन, होटल व्यवस्थापन प्रणाली, च्यानल व्यवस्थापन तथा OTA एकीकरणलगायत क्षेत्रमा सहकार्य गर्दै आएको छ।
Best Western Siraichuli Hotel को आबद्धतासँगै भरतपुरले अन्तर्राष्ट्रिय आतिथ्य सेवाको नयाँ पहिचान प्राप्त गर्नुका साथै चितवनको पर्यटनलाई विश्व बजारसँग जोड्ने थप अवसर सिर्जना भएको होटल पक्षको विश्वास छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij