Logo

Aug 20 2026 | २०८३, भाद्र ४गते

समस्याग्रस्त पाटे बाघ नियन्त्रणमा

समस्याग्रस्त पाटे बाघ नियन्त्रणमा

बर्दिया : बस्तीमा पल्केको पाटे बाघलाई नियन्त्रणमा लिईएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र गेरुवा गाउँपालिका–४ स्थित स्थित सामुदायिक वनबाट समस्याग्रस्त पाटे बाघलाई मंगलबार नियन्त्रणमा लिईएको हो ।

लामो समय देखि बस्तीमा पसेर घर पालुवा पशु चौपायालाई खाएर हैरानी दिईरहेको समस्याग्रस्त पाटे बाघलाई नियन्त्रणमा लिएको जनाईएको छ । निरन्तर पशु चौपायालाई आक्रमण गर्दा स्थानीय त्रसित बनेका थिए । गत साउन देखिको निरन्तर प्रयासले समस्याग्रस्त पाटे बाघ नियन्त्रणमा लिईएको निकुञ्ज प्रशासनले जनाएको छ ।

समस्याग्रस्त बाघ नियन्त्रणपछि स्थानीय खुसी देखिएका छन् । बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाली सेनाको संयुक्त टोलीको लामो समयको अथक प्रयासले समस्याग्रस्त पाटे बाघ नियन्त्रणमा आएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij