Logo

Aug 19 2026 | २०८३, भाद्र ३गते

कर्णालीमा एमालेका मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ

कर्णालीमा एमालेका मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ

सुर्खेत :  कर्णाली प्रदेश सरकारमा नेकपा एमालेको तर्फबाट सहमागी हुने ३ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।सत्तारुढ दल एमाले र नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बीच मन्त्रालय भागबन्डामा कुरा मिलेसँगै तीन सातापछि कर्णालीको मन्त्रिपरिषद् बिस्तार भएको हो ।

एमालेको तर्फबाट सरकारमा नेतृत्व गर्दै टेकराज पछाईले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । यस्तै, जितबहादुर मल्लले सामाजिक विकास मन्त्रालय र कलबहादुर हमालले जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । 

उनीहरुलाई बुधबार साँझ एक समारोहकाबीच प्रदेश प्रमुख यज्ञराज जोशीले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । नेकपासँग भएको भागबन्डा अनुसार एमालेले तीन मन्त्रालय पाएको थियो । एमालेले मन्त्रीको टुंगो लगाए पनि नेकपाले भने मन्त्री छानिसकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट