Logo

Aug 19 2026 | २०८३, भाद्र ३गते

माडीका दीर्घकालीन समस्या समाधानका लागि रास्वपा RAT टोली सिंहदरबारमा

माडीका दीर्घकालीन समस्या समाधानका लागि रास्वपा RAT टोली सिंहदरबारमा

 

चितवन : माडीका वर्षौंदेखिका समस्या समाधानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माडी नगर समिति र चितवन जिल्ला समितिको समन्वयमा माडी नगर RAT विभागको टोलीले सिंहदरबार पुगेर सम्बन्धित तीन मन्त्रालयमा ज्ञापनपत्र बुझाएको छ।

टोलीले माडीका प्रमुख समस्या समाधानका लागि हनुमानझुलाको कानुनी समस्या, लालपुर्जा वितरण, विद्युत् विस्तार तथा निकुञ्ज क्षेत्रभित्रका सडक निर्माणलाई प्राथमिकताका साथ उठाएको जनाएको छ।

भूमि व्यवस्था मन्त्रालयले केही महिनाभित्रै माडीमा लालपुर्जा वितरणको प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको टोलीको भनाइ छ। यस्तै, ऊर्जा मन्त्रालयले हनुमानझुलामा विद्युत् विस्तारका लागि प्राविधिक अध्ययन टोली पठाउने जानकारी दिएको छ।

निकुञ्ज क्षेत्रभित्र सडक निर्माणका लागि भने दशैंअघि नै टेन्डर प्रक्रिया अघि बढाउने सम्बन्धित निकायबाट जानकारी प्राप्त भएको टोलीले जनाएको छ।

माडीका स्थानीय युवाले सङ्कलन गरेका जनसमस्या लिएर टोली सिंहदरबार पुगेको हो। स्थानीयस्तरमा लामो समयदेखि समाधान हुन नसकेका समस्या सम्बन्धित मन्त्रालयसम्म प्रत्यक्ष रूपमा पुर्‍याइएकाले अब समाधानको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको रास्वपा माडी RAT टोलीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट