Logo

Aug 19 2026 | २०८३, भाद्र ३गते

रास्वपा सांसदहरुले सदनमा अराजकता मच्चाएपछि मन्त्रीसहित सांसदसँग अन्तरक्रिया गर्दै सभापति रवि

रास्वपा सांसदहरुले सदनमा अराजकता मच्चाएपछि मन्त्रीसहित सांसदसँग अन्तरक्रिया गर्दै सभापति रवि

काठमाडौंः प्रतिनिधिसभाको बैठकमा सरकार र पार्टीका सांसदहरूबीच नै असमझदारी देखिन थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज मन्त्रीहरूसहित राखेर अन्तक्र्रिया गर्ने भएको छ।

 आज ११ बजे संसदीय दलको कार्यालयमा हुने अन्तक्र्रियामा पार्टी सभापति रवि लामिछानेले उनीहरूलाई निर्देशन दिनेछन्। बैठकमा पछिल्लो समय सरकार र पार्टीका सांसदहरूबीच बढिरहेको असमझदारी लगायतका गतिविधिमाथि समीक्षा हुने एक नेताले बताए।

एक नेताका अनुसार संसदीय अनुशासनको विषयमा प्रश्न उठेका सांसदहरूलाई सचेत गराइने छ। सांसदहरूले संसद्मा बोल्ने भाषा, सार्वजनिक गतिविधि समेत मर्यादित हुनुपर्नेमा त्यसमा ख्याल नगर्ने प्रवृति बढेकोले रास्वपाभित्र असमझदारी बढेको छ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जवाफमा चित्त नबुझेपछि सांसद आशिका तामाङले पुनः प्रश्न गर्न खोजेकी थिइन्। तर सभामुख डीपी अर्यालले उनलाई संसदीय मर्यादा र गरिमाको ख्याल गर्न सचेत गराए। सभामुख अर्यालले बोल्न समय नदिएपछि सांसद तामाङ संसद् बैठक छाडेर बाहिरिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij