Logo

Aug 19 2026 | २०८३, भाद्र ३गते

विमानस्थलबाट गाँजासहित विदेशी नागरिक पक्राउ

विमानस्थलबाट गाँजासहित विदेशी नागरिक पक्राउ

काठमाडौँ :  नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट करिब ४० किलोग्राम ‘थाई गाँजा’ सहित आठ विदेशी नागरिकलाई पक्राउ गरेको छ।

प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले ३९ दशमलव २८ किलोग्राम ‘थाई गाँजा’ सहित पाँच म्यान्माका र तीन भारतीय नागरिकलाई आज पक्राउ गरेको हो।

ब्यूरोका सहप्रवक्ता, प्रहरी नायब उपरीक्षक जीवन निरौलाका अनुसार पक्राउ पर्नेमा थाइल्यान्डको बैङ्ककबाट थाई एयरवेजको उडानमार्फत आएका पाँच म्यान्माका नागरिक छन्।

यस्तै, थाइल्यान्डकै फुकेटबाट बाटिक एयरवेजको उडानबाट नेपाल आएका तीन भारतीय नागरिक छन्।

प्रहरीले पक्राउ परेकासँग गाँजासहित आठ थान राहदानी र आठ थान मोबाइल बरामद गरेको छ। पक्राउ परेका सबैमाथि लागूऔषध नियन्त्रण ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको सहप्रवक्ता निरौलाले बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij