Logo

Aug 19 2026 | २०८३, भाद्र ३गते

तीन दिनदेखि हराएकी बालिका मृत फेला, हत्याको आशङ्का

तीन दिनदेखि हराएकी बालिका मृत फेला, हत्याको आशङ्का

काठमाडौँ: बाराको सिमराबाट साउन ३१ देखी हराएकी करिब ४ वर्षीया बालिका मृत अवस्थामा भेटिएकी छन् । जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–१ स्थित घरबाट करिब २ सय मिटरको दुरीमा चार वर्षीया गढीमा चौधरी मंगलबार मृत अवस्थामा भेटिएकी हुन् । 

घरबाट करिब २ सय मिटर टाढा रहेको एउटा खाली घरमा उनको शव भेटिएको इलाका प्रहरी कार्यालय सीमराका डीएसपी दिलिप क्षेत्रीले  बताए ।

नर्सरीमा पढ्दै गरेकी गढीमाको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटनास्थल मुचुल्का गरेर शव पोस्टमार्टमका लागी जिल्ला सदरमुकाम कलैयामा पठाइने डीएसपी क्षेत्रीले जानकारी दिए ।

साउन ३१ मा बिहान ८ बजेतिर बालिका घरबाट हराएकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij