Logo

Aug 19 2026 | २०८३, भाद्र ३गते

सरकार र दुर्गा प्रसाईं समूहबीच वार्ता सुरु

सरकार र दुर्गा प्रसाईं समूहबीच वार्ता सुरु

काठमाडौँ : नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालबीच आजदेखि औपचारिक वार्ता सुरु भएको छ।

महाअभियानले उठाएका मागहरूको समाधानका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वार्ता सुरु भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन्।

नेपाल सरकारको तर्फबाट भदौ १ गते सहसचिव लीलाधर सुवेदीको संयोजकत्वमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य र भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव डिलाराम पन्थीसहितको वार्ता टोली गठन भएको थियो।

नेपाल सरकारको आह्वान बमोजिम महाअभियानका तर्फबाट केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईंले विष्णु बोहरा क्षेत्रीको संयोजकत्वमा नौ सदस्यीय वार्ता टोली गठन गरी पठाएपछि आजदेखि औपचारिक रूपमा संवादको प्रक्रिया अगाडि बढेको हो। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij