धनगढी : सुदूरपश्चिम प्रदेशसभा सदस्य एवं पूर्वभौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा पदमुक्त भएका छन्।
प्रदेशसभा सचिव देवबहादुर बोगटीका अनुसार संविधान तथा प्रदेशसभा नियमावलीमा भएको व्यवस्थाअनुसार लगातार १० भन्दा बढी बैठकमा बिना सूचना अनुपस्थित भएपछि देउवाको प्रदेशसभा सदस्य पद रिक्त भएको हो।
सभामुख भीमबहादुर भण्डारीले सोमबार देउवालाई पदमुक्त गर्ने निर्णय गरेका हुन्। संविधानको धारा १८०(घ) अनुसार प्रदेशसभाको जानकारीबिना लगातार १० वटा बैठकमा अनुपस्थित रहने सदस्यको पद रिक्त हुने व्यवस्था छ। सुदूरपश्चिम प्रदेशसभा नियमावली, २०८० मा पनि यही व्यवस्था गरिएको छ।
देउवा गत वर्ष भदौ २८ गते जेनजी आन्दोलनपछि व्यक्तिगत कामको सिलसिलामा अमेरिका गएका थिए। त्यसपछि उनी नेपाल फर्किएका छैनन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij