काठमाडौँ : कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले डीडीसीले खाडी मुलुक र चीनमा समेत घिउ निर्यात गर्ने तयारी भइरहेको बताइन्। संसदमा सासंदहरुको प्रश्नको जवाफ दिदै उनले भनिन,'हाल दुग्ध पदार्थको बिक्री ३५ प्रतिशतले बढेको छ।'
दुग्ध विकास संस्थानसँग संस्थामा १५० मेट्रिक टन पाउडर दूध र २४ करोड रुपैयाँ बराबरको १३० मेट्रिक टन नौनी घिउ मौज्दात रहेको बताएकी छिन्। उनले २ सय ३५ वटा दुग्ध सहकारीका किसानलाई ३५ करोड रुपैयाँ तिर्न बाँकी रहेको बताइन्। उनले ८ महिनाको भुक्तानीलाई अहिले बढीमा ३ वा कम्तीमा २ महिनासम्मको भुक्तानी अवधि बनाएको र भुक्तानीको अवधि घटाउँदै जाने लक्ष्य राखेको बताइन्। उनले भनिन्, 'बैशाख २० देखि भदौ २० सम्म ६० करोड भुक्तानी गरिसकिएको छ।'
डीडीसीको समस्या समाधान गर्ने प्रयास भइरहेको बताउँदै उनले कुशल नेतृत्वको अभाव, कमजोर वित्तीय अनुशासनजस्ता कुराले डीडीसी घाटामा गइरहेको पनि बताइन्। उनले बजारबाट उठ्न बाँकी रहेको रकमको ताकेता गर्ने काम भइरहेको पनि जानकारी दिइन्। उनले खाडी मुलुक र चीनमा समेत घिउ निर्यात गर्ने तयारी भइरहेको बताइन्। भनिन्, 'हाल दुग्ध पदार्थको बिक्री ३५ प्रतिशतले बढेको छ।' उनले एमालेका सासंद निष्कल राईले भारतीय धुलो दुध नेपालमा बिक्री भइरहेको छ भन्ने प्रश्नमा जवाफ दिदै भनिन, 'नेपालमा उत्पादित नहुने बाहेकका अन्य दुग्धजन्य पदार्थ नेपाल ल्याउन कानूनी रुपमा प्रतिबन्ध लगाइएको छ ।'
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij