काठमाडौँ : काठमाडौँ महानगरपालिका–१४ स्थित कलङ्कीबाट प्रहरीले खैरो हेरोइन सहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–१२ घर भएका २५ वर्षीय हृदय वलामी छन् ।
सोमबार उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । आरोपीको साथबाट २ ग्राम ४ मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरी वृत्त कालिमाटीका डीएसपी नरेश सिंहले जानकारी दिए ।
आरोपीले खैरो हेरोइन ओसारपसारमा प्रयोग गर्दै आएको बागमती प्रदेश–०२–०३५ प ८९०४ नम्बरको स्कुटर र एउटा ड्युक मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ । घटनाबारे प्रहरी वृत्त कालिमाटीले अनुसन्धान गरिरहेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij