चितवन : तमू गुरुङ सञ्चारकर्मी संघ नेपाल चितवनले सञ्चारकर्मी घना गुरुङलाई पुरस्कृत गरेको छ। नारायणी अनलाइनमा पत्रकारका रूपमा कार्यरत गुरुङले चितवनमा रहेर तमू समुदायको हकहित,भाषा,संस्कृति र पहिचानका विषयलाई सञ्चारमाध्यममार्फत उजागर गर्दै आएको योगदानको उच्च मूल्यांकन गर्दै पुरस्कृत गरिएको हो।
तमू सञ्चारकर्मी संघ चितवनको दोस्रो अधिवेशनका अवसरमा गुरुङलाई पुरस्कृत गरिएको हो। कार्यक्रममा गुरुङलाई प्रशंसापत्र र नगतसहित पुरस्कृत गरिएको थियो। एटजोन चितवनले यस वर्षदेखि आफ्नो अधिवेशनका अवसरमा कार्यसमितिभित्र रहेका सञ्चारकर्मीलाई पुरस्कृत गर्ने परम्पराको सुरुवात गरेको जनाएको छ। सञ्चारमाध्यममार्फत तमू समुदायका मुद्दालाई प्राथमिकताका साथ उठान गर्ने सञ्चारकर्मीलाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कृत कार्यक्रमलाई निरन्तरता दिइने बताइएको छ।
इच्छाकामना गाउँपालिका–२ स्थित घुर्केश सामुदायिक होमस्टेमा आयोजित कार्यक्रम एटजोन नेपालका अध्यक्ष लाला गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रमको अध्यक्षता एटजोन चितवनका अध्यक्ष तुलमान गुरुङले गरेका थिए भने सञ्चालन सचिव राजनदिल गुरुङले गरेका थिए। तमू समुदायको भाषा, संस्कृति, परम्परा र पहिचानसँग सम्बन्धित विषयलाई सञ्चारमाध्यममार्फत निरन्तर उठाउँदै आएका सञ्चारकर्मीलाई पुरस्कृत गर्ने कार्यले समुदायका मुद्दालाई थप प्रभावकारी रूपमा अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij