Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

चुनावी प्रतिबद्धतामाथि प्रश्न उठ्दा गृहमन्त्री गुरुङले दिए यस्तो जवाफ

चुनावी प्रतिबद्धतामाथि प्रश्न उठ्दा गृहमन्त्री गुरुङले दिए यस्तो जवाफ

गोरखा : चुनावका क्रममा गरेको प्रतिबद्धता पूरा नभएको भन्दै गोरखाको शहीद लखन गाउँपालिका–९ का मतदाताले गृहमन्त्री एवं गोरखा क्षेत्र नम्बर १ का सांसद सुधन गुरुङसँग प्रश्न गरेका छन्। आइतबार साँझ मतदातासँग अन्तर्क्रिया गर्न गाउँ पुगेका गृहमन्त्री गुरुङलाई स्थानीयले स्वास्थ्य ल्याब निर्माणका लागि बजेट उपलब्ध गराउने भनेर गरेको प्रतिबद्धता पूरा नभएको भन्दै प्रश्न गरेका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वडा सचिव खोपेन्द्र लामिछानेले चुनावका क्रममा गाउँ आउँदा गुरुङले स्वास्थ्य ल्याब निर्माणका लागि स्वास्थ्य मन्त्रालयका सचिवसँग समन्वय गरी बजेट व्यवस्था गर्ने वाचा गरेको स्मरण गराए। उनले असारमा समेत स्वास्थ्य मन्त्रालयका सचिवलाई फोन गरेर बजेट मिलाउने भनिए पनि बजेटमा उक्त योजना समावेश नभएको बताए। अन्तर्क्रियामा सहभागी एक मतदाताले पनि गृहमन्त्री गुरुङले असारमा स्वास्थ्य मन्त्रालयका सचिवलाई फोन गरी बजेट व्यवस्था गर्ने बताएको तर बजेट किताबमा योजना नदेखिएको भन्दै त्यसबारे जवाफ मागे।

जवाफमा गृहमन्त्री गुरुङले धेरै साना–साना योजना बजेट किताबमा समावेश गर्दा बजेटको आकार ठूलो हुने भएकाले आवश्यक योजनाहरूको सूची माग गरिएको बताए। उनले स्थानीय आवश्यकताका आधारमा योजनालाई प्राथमिकतामा राखेर अघि बढाउने संकेत गरे।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट