Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

पत्रकार श्रेष्ठ पक्राउ परेको घटनाप्रति एमालेको आपत्ति, सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप

पत्रकार श्रेष्ठ पक्राउ परेको घटनाप्रति एमालेको आपत्ति, सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप

काठमाडौँ : नेकपा (एमाले) ले जनआस्था साप्ताहिकका अध्यक्ष एवं पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरिएको तथा उनको कार्यालय र घरमा समेत खानतलासी गरिएको घटनाप्रति आपत्ति जनाएको छ। प्रतिनिधि सभाको सोमबारको बैठकमा एमाले सांसद राजेन्द्रकुमार राईले पत्रकार श्रेष्ठमाथि भएको व्यवहार नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको टिप्पणी गर्दै आपत्ति जनाएका हुन्।

सांसद राईले लोकतान्त्रिक व्यवस्थामा सबै नागरिकलाई लेख्ने र बोल्ने हक भएको उल्लेख गर्दै सरकार अधिनायकवादतर्फ उन्मुख भइरहेको आरोप लगाएका छन्। सरकारले नागरिकको जिउधनको सुरक्षा गर्नुपर्नेमा उल्टै समाजमा संशय र असुरक्षा पैदा गरिरहेको उनको भनाइ थियो।

‘यो सरकार अधिनायकवादतर्फ जाँदैछ। पत्रकारले लेख्न पाउने अधिकारबाट वञ्चित गरिएको छ,’ सांसद राईले भने, ‘साउन २७ गते जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरिसकेपछि उसको घरमा खानतलासी गरियो र ल्यापटप समेत जफत गरियो। कुनै पत्रकारलाई पक्राउ गर्नका लागि पुर्जी चाहिनेमा के अपराध गर्‍यो भन्ने समेत थाहा नदिई पक्राउ गर्न मिल्छ? सरकारले जनताको जिउधनको सुरक्षा गर्नुपर्नेमा उल्टै थुन्ने काम गरिरहेको छ।’

सप्तरीका अमरकान्त चौधरीको उजुरीका आधारमा पत्रकार श्रेष्ठलाई साउन २७ गते पक्राउ गरिएको थियो। उनी हाल न्यायिक हिरासतमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट