नवलपुर : देवचुली नगरपालिका–२ दुम्कौलीस्थित चौधरी उद्योगमा कार्यरत एक कर्मचारीको बेहोस भएर ढलेपछि उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा देवचुली नगरपालिका–२ निवासी ५८ वर्षीय गजेन्द्रप्रसाद चौधरी रहेका छन्।
प्रहरीका अनुसार शनिबार बिहान उद्योग परिसरभित्रको बाटोमा हिँडिरहेका बेला चौधरी अचानक ढलेर बेहोस भएका थिए। उनलाई तत्काल उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा चौधरीले नियमित रूपमा रक्तचाप (प्रेसर) को औषधि सेवन गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij