Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

फागुन २१ को निर्वाचनपछि ओली पहिलो पटक गृहजिल्ला झापा पुगे

फागुन २१ को निर्वाचनपछि ओली पहिलो पटक गृहजिल्ला झापा पुगे

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् । शनिबार दिउँसो काठमाडौंबाट हवाईमार्ग हुँदै ओली झापा पुगेका हुन् । एमाले स्रोतका अनुसार ‘मिसन पार्टी जागरण’ कार्यक्रमका लागि उनी गृहजिल्ला पुगेका हुन् । ओली सहभागी हुने कार्यक्रम भने भोलि आइतबार हुने बताइएको छ । तर, त्यसको एकदिन अगावै ओली गृहजिल्ला पुगेका हुन् ।

ओली झापाको भद्रपुर विमानस्थलमा ओर्लिँदा स्थानीय नेताकार्यकर्ताले भव्य स्वागत गरेका छन् । फागुन २१ को निर्वाचनपछि ओली पहिलो पटक झापा पुगेका हुन् । झापा–५ मो ओली रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)सँग पराजित भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट