Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

गिरिधारेश्वर मन्दिर परिसरमा सरसफाइसँगै डस्टबिन र पङ्खा वितरण

गिरिधारेश्वर मन्दिर परिसरमा सरसफाइसँगै डस्टबिन र पङ्खा वितरण

चितवन : वातावरण संरक्षण तथा सार्वजनिक स्थलको स्वच्छता प्रवर्द्धन गर्ने उद्देश्यले राप्ती नगरपालिका–६ स्थित गिरिधारेश्वर मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।

रोटर्‍याक्ट क्लब अफ पूर्वी चितवनको आयोजना तथा जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, राप्ती शाखाको सहयोगमा आयोजित कार्यक्रममा मन्दिर परिसर तथा आसपासका क्षेत्रमा सरसफाइ गरिएको हो।

रोटर्‍याक्ट क्लब अफ पूर्वी चितवनका अध्यक्ष शिशिर सिग्देलको नेतृत्वमा सम्पन्न कार्यक्रममा फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन विभिन्न स्थानमा डस्टबिन वितरण गरिएको थियो। साथै, मन्दिरमा आउने भक्तजनको सुविधालाई ध्यानमा राख्दै दुई थान पङ्खासमेत हस्तान्तरण गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा जीवन विकास लघुवित्तको राप्ती शाखा प्रमुख गिरिराज, रोटर्‍याक्ट क्लबका सदस्य तथा स्थानीयवासीको सहभागिता रहेको थियो।

कार्यक्रमले धार्मिक तथा सार्वजनिक स्थलको स्वच्छता कायम राख्नुका साथै वातावरण संरक्षण र सामाजिक उत्तरदायित्वप्रति समुदायको भूमिका महत्वपूर्ण हुने सन्देश दिएको सहभागीहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट