Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विशेषज्ञ चिकित्सक र नर्सिङ प्राध्यापकको माग

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विशेषज्ञ चिकित्सक र नर्सिङ प्राध्यापकको माग

काठमाडौँ : मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले करार सेवामा विभिन्न पदका लागि जनशक्ति माग गरेको छ। प्रतिष्ठानले रिक्त रहेका पदहरूमा कर्मचारी व्यवस्थापन गर्नुपर्ने भन्दै विभिन्न चार विभागका लागि प्राध्यापकदेखि लेक्चररसम्मका जम्मा छ जना विशेषज्ञ माग गर्दै दरखास्त आह्वान गरेको हो। इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात् आगामी भदौ १२ गतेसम्म आवेदन दिन सक्नेछन्।

प्रतिष्ठानले साउन २९ गते प्रकाशित गरेको सूचनाअनुसार सिटिभिएस विभागमा एक जना, प्याथोलोजिस्ट दुई जना, एनेस्थेसिया दुई जना र मेडिकल सर्जिकल नर्सिङमा एक जनाको माग गरिएको छ। यी सबै विभागमा उम्मेदवारको योग्यताअनुसार प्रोफेसर, एसोसिएट प्रोफेसर, असिस्टेन्ट प्रोफेसर वा लेक्चरर पदमा पदपूर्ति गरिनेछ। दरखास्त दिनका लागि सम्बन्धित विषयमा स्नातकोत्तर गरी सम्बन्धित परिषद्मा विशेषज्ञका रूपमा दर्ता भएको हुनुपर्ने शैक्षिक योग्यता तोकिएको छ। नर्सिङतर्फ भने स्नातकोत्तर उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ।

उमेर हदको हकमा प्रोफेसर र एसोसिएट प्रोफेसरका लागि ७० वर्ष ननाघेको हुनुपर्ने व्यवस्था गरिएको छ। यसैगरी असिस्टेन्ट प्रोफेसर र लेक्चरर पदमा आवेदन दिन उम्मेदवारको उमेर ४५ वर्ष ननाघेको हुनुपर्नेछ। परीक्षा दस्तुर पनि पदअनुसार फरकफरक तोकिएको छ। प्रोफेसर र एसोसिएट प्रोफेसरका लागि एक हजार पाँच सय रुपैयाँ लाग्नेछ भने असिस्टेन्ट प्रोफेसर र लेक्चररका लागि एक हजार दुई सय रुपैयाँ दस्तुर बुझाउनुपर्नेछ। उम्मेदवारले परीक्षा दस्तुर भानु चोकस्थित लक्ष्मी सनराइज बैंकमा रहेको प्रतिष्ठानको खातामा जम्मा गरी भौचर पेस गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट