Logo

Aug 12 2026 | २०८३, श्रावण २७गते

युथ उपसभापतिको दौडमा सुसिल खत्री बलियो उम्मेदवार

युथ उपसभापतिको दौडमा सुसिल खत्री बलियो उम्मेदवार

अमेरिका  : भक्तपुरको चाँगुनारायण नगरपालिका स्थायी घर भई हाल अमेरिकाको बाल्टिमोर, मेरिल्यान्डमा बस्दै आएका युवा नेता सुसिल खत्री नेपाली जनसम्पर्क समिति अमेरिकाको युथ उपसभापति पदका लागि बलियो उम्मेदवारका रूपमा अघि बढेका छन्।
सानै उमेरदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय खत्री सन् २०१९ मा अमेरिका पुगेपछि नेपाली जनसम्पर्क समिति अमेरिकाका गतिविधि तथा संगठन निर्माणमा निरन्तर सक्रिय रहँदै आएका छन्। उनले समितिको महाधिवेशन समयमै सम्पन्न गर्न पहल र दबाब दिँदै आएको बताइएको छ।
नेपालमा रहँदा कांग्रेसका विभिन्न निर्वाचन तथा महाधिवेशनमा सक्रिय भूमिका निर्वाह गरेका खत्रीले पछिल्लो समय पार्टीको विशेष महाधिवेशन सफल बनाउन पनि सक्रिय भूमिका खेलेका थिए। निर्वाचनका क्रममा पार्टी सभापति गगन थापाको आईटी टिममा रहेर पार्टीका पक्षमा मतदानका लागि भूमिका निर्वाह गरेको उनी बताउँछन्।
युथ उपसभापति पदमा उम्मेदवारी घोषणा गर्दै खत्रीले युवाका आवाज, सरोकार र अधिकारलाई संगठनभित्र प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता जनाएका छन्। “पदले Youth Vice President भए पनि मेरो भूमिका युवाहरूको Voice President बन्ने हुनेछ,” खत्रीले भने।
बाल्टिमोर क्षेत्रमा रहेका विभिन्न सामाजिक संस्थामा समेत सक्रिय खत्रीले युवाको नेतृत्व विकास र सामाजिक गतिविधिलाई प्राथमिकता दिँदै आएका छन्। संगठनभित्र हुने गलत गतिविधि र अनियमितताका विषयमा आफू स्पष्ट रूपमा आवाज उठाउने उनको भनाइ छ।
संगठनप्रतिको निरन्तर सक्रियता, युवामाझको सम्बन्ध, स्पष्ट विचार तथा सामाजिक क्षेत्रमा देखाएको भूमिकाका कारण खत्रीको उम्मेदवारीप्रति समर्थन बढ्दै गएको समर्थकहरूको दाबी छ। नेपाली जनसम्पर्क समिति अमेरिकामा युवा नेतृत्वलाई थप प्रभावकारी बनाउने लक्ष्यसहित उनी युथ उपसभापतिको प्रतिस्पर्धामा अघि बढेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट