Logo

Aug 12 2026 | २०८३, श्रावण २७गते

युवा नेतृत्वको क्याबिनेटले मात्रै सपना पूरा हुँदैन, काम देखाउनुपर्छ : सभापति लामिछाने

युवा नेतृत्वको क्याबिनेटले मात्रै सपना पूरा हुँदैन, काम देखाउनुपर्छ : सभापति लामिछाने

काठमाडौँ : सत्तारुढ दल  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चुनावी परिणाम र युवा नेतृत्वको मन्त्रिपरिषद्ले मात्रै मुलुकको वर्षौंदेखिको सपना पूरा नहुने भन्दै त्यसका लागि सरकारले परिणाममुखी काम गर्नुपर्ने बताएका छन्।

बुधवार नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन्। उनले सरकार गठन भएको चार महिना बित्दासमेत सडकको आवाज कम नहुँदा सरकारलाई परिणाम दिनुपर्ने चुनौती थपिएको समेत बताए।

यद्यपि समाजमा धैर्यताको कमी हुँदै गएको कारण तत्काल परिणाम खोज्ने प्रवृत्तिले छिट्टै निराश हुने अवस्था सिर्जना गरेको उनको भनाइ छ।

लामिछानेले माइतीघरमा अझै पनि भीड देखिएको उल्लेख गर्दै यस्तो अवस्था निराशाको कारण हो वा नागरिक बानी परिसकेका हुन्? भन्ने कुरा छुट्याउन कठिन भएको तर्क समेत गरे।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा उमेर समूहको मात्र नभई युवा पुस्ताको विचारको प्रतिनिधित्व होस् भन्ने कुरामा सचेत रहेको पनि बताए।

उनले नागरिकमा छिटो परिणाम खोज्ने परिपाटी कायम रह्यो भने विकल्प खोज्नुको विकल्प नरहने समेत बताए। आफूहरु विकल्पन खोज्न नभई विकल्प बन्न आएको समेत उनको दावी छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट