काठमाडाैँ : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को साउन २९ देखि ३१ गतेसम्म हुने भनिएकाे सांसदहरूको प्रशिक्षण कार्यक्रम स्थगित भएकाे छ ।
सहमहामन्त्री निशा डाँगीका अनुसार समय अभावको कारण सांसदहरूको प्रशिक्षण कार्यक्रम स्थगित भएको हाे।ललितपुरको गोदावरीमा पार्टीको नीति र संसदमा प्रभावकारी भूमिका खेल्ने लगायत विषयमा प्रशिक्षण दिने भनिएकाे थियाे।
यसअघि २०८२ चैत ३ र ४ गते ललितपुरको होटल टुलिप र वैशाख २६ र २७ गते ललितपुरको जावलाखेलमा रास्वपाका सांसदलाई प्रशिक्षण कार्यक्रम राखिएको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij