काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शुभेच्छुक संस्था प्रवास नेपाली सम्पर्क विभागले दीर्घकालीन रूपमा विदेशमा बसोबास गर्दै आएका ८० लाखभन्दा बढी नेपालीहरूको वंशजको नागरिकता र कानुनी अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।
विभागले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै नागरिकता ऐन, २०६३ मा आवश्यक संशोधन तथा परिमार्जन गरी प्रवासी नेपालीहरूको अधिकार प्रभावकारी रूपमा स्थापित गर्नुपर्ने स्पष्ट धारणा व्यक्त गरेको हो ।
‘नागरिकता ऐन, २०६३ मा आवश्यक संशोधन तथा परिमार्जनमार्फत वंशजको नागरिकतासम्बन्धी अधिकारलाई थप स्पष्ट, सुनिश्चित र प्रभावकारी रूपमा स्थापित गरिनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ। ‘एक पटकको नेपाली, सदैव नेपाली’ भन्ने भावनालाई व्यवहारमा चरितार्थ गर्नुपर्ने औँल्याउँदै विभागले प्रवासी नेपालीका वैधानिक अधिकारहरू सुनिश्चित गर्न सकिएमा उनीहरूले नेपालमा लगानी गर्ने, आफूले आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपालसँग जोड्ने वातावरण बन्ने बताएको छ। यसले नेपालको समृद्धिमा योगदान पुग्नुका साथै प्रवासी नेपालीहरूले पनि आफूलाई सुरक्षित र प्रोत्साहित महसुस गर्ने विभागको ठहर छ।
विभागले नागरिकताको विषयलाई केवल प्राविधिक वा कानुनी प्रश्नका रूपमा मात्र नहेरी गैरआवासीय नेपाली र नेपालबिचको दीर्घकालीन सम्बन्ध, लगानी, पहिचान, अधिकार तथा राष्ट्रिय समृद्धिसँग जोडिएको महत्त्वपूर्ण नीतिगत विषयका रूपमा लिएको छ।
यस विषयमा आवश्यक अध्ययन, सुझाव, नीतिगत पहल तथा नेपाल सरकार र सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय र पैरवी जारी राख्ने प्रतिबद्धतासमेत प्रवास नेपाली सम्पर्क विभागले जनाएको छ।
यसैगरी पार्टी स्थापनाको चार वर्षमा रास्वपाले ३७ देशमा सङ्गठन विस्तार गरेको छ । रास्वपाले विदेशमा रहेका नेपालीलाई सङ्गठित गर्ने उद्देश्यले शुभेच्छुक संस्था ‘प्रवास नेपाली सम्पर्क विभाग’ गठन गरेको थियो ।
कुन देशको प्रमुखमा को–को छन् ?
एसिया–प्यासिफिक
डा.कृष्ण कान्त पौडेल– अस्ट्रेलिया
अशोक कँडेल– न्यूजील्याण्ड
युबिन श्रेष्ठ– दक्षिण कोरिया
दीपक केसी– जापान
जेबी गुरुङ– हङकङ
उदित खत्री– मकाउ
नेत्र केसी– मलेसिया
ईं अर्जुन भण्डारी – भारत
प्रकाश सुवेदी – थाइल्यान्ड
प्रबिन कार्की – माल्दिभ्स
खाडी तथा मध्यपूर्व
पदम आले – ओमान
ईश्वर भण्डारी – कुवेत
अब्दुल करिम – कतार
दुर्गा चापागाईं – इजरायल
भूपाल भण्डारी – साउदी अरेबिया
सुजन थापा – युएई
चिरञ्जीवी पाण्डे – बहराइन
उत्तर अमेरिका
चेतराज उपाध्याय– अमेरिका
कुमार उप्रेती– क्यानडा
युरोप
अञ्जन गुरुङ – नेदरल्याण्ड्स
विकास कार्की – अस्ट्रिया
जीवन उप्रेती – नर्वे
कवीन्द्र कायस्थ – फ्रान्स
कृष्ण दाहाल – बेल्जियम
विकास लामा – स्पेन
जितु थापा – लक्जमबर्ग
शशी ढकाल – डेनमार्क
रेशम खत्री – स्विट्जरल्याण्ड
विदुर शर्मा – पोल्यान्ड
रुक्मिणी भट्टराई – फिनल्याण्ड
मिना कार्की – साइप्रस
अमृत पौडेल – जर्मनी
नर फागामी – पोर्चुगल
राजेन्द्र भण्डारी – माल्टा
असिम दियाली – रोमानिया, स्वीडेन, हंगेरी
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij