Logo

Aug 11 2026 | २०८३, श्रावण २६गते

‘पेन्सन पट्टा’को टिजरमा लाहुरे समाजको कथा

‘पेन्सन पट्टा’को टिजरमा लाहुरे समाजको कथा

काठमाडौँ : माओत्से गुरुङको निर्देशन रहेकाे फिल्म ‘पेन्सन पट्टा’को टिजर सार्वजनिक गरिएको छ । टिजर हेर्दा लाहुरे समाज, पारिवारिक सम्बन्ध र मानवीय भावनाको कथामा फिल्म बनेको अनुमान गर्न सकिन्छ ।

फिल्ममा दयाहाङ राई, गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, पुष्कर बहादुर गुरुङ, स्वर्गीय सुनिल थापा, लुनिभा तुलाधर, सुरज तमु, राज कौछा मगर, यासिली योख्खा, डीबी गुरुङ, प्रतिक्षा गुरुङ, सोल गुरुङ, मनोज गुरुङ, अनुषा राई तथा कुबिना गुरुङको अभिनय छ। फिल्मले लाहुरे जीवनबाट अवकाशपछि समाज र परिवारसँग जोडिएर बाँचिरहेका पात्रहरूको भावना तथा सम्बन्धलाई कथाको केन्द्रमा राखेको छ।

सार्वजनिक टिजरले आफ्ना दिवङ्गत बाबुको पेन्सनपट्टामा आफ्नी आमाको नभई कहिल्यै नसुनेको र थाहा नपाइएकी बाबुको पहिलो पत्नीको नाममा भएको र उनको नाम थाहा नहुँदा परेको सकसको सेरोफेरोमा फिल्मले आफ्नो कथा प्रस्तुत गर्ने देखाएको छ । माओत्से गुरुङ स्वयंको कथा तथा निर्देशनमा बनेको फिल्म ‘पेन्सन पट्टा’ माओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्माण भएको हो। फिल्म भदौ २६ गतेदेखि नेपालभर प्रदर्शनमा आउनेछ।

https://www.youtube.com/watch?v=62CziyqgLdQ

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट