Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

आइसीसी विश्वकप क्रिकेट लिग-२ : नामिबियासँग फेरि पराजित भयो नेपाल

आइसीसी विश्वकप क्रिकेट लिग-२ : नामिबियासँग फेरि पराजित भयो नेपाल

काठमाडौं : आइसीसी विश्वकप क्रिकेट लिग(-२ त्रिदेशीय प्रतियोगितामा सोमबार नेपालले नामिबियासँग तीन रनले पराजय बेहोरेको छ।

नेदरल्यान्ड्सका अलट्रेक्टमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा २११ रन बनाएको थियो। नेपालले जवाफमा छ विकेटको क्षतिमा २०८ रन मात्र बनाउन सक्यो ।

नेपाललाई खेल जित्न अन्तिम बलमा पाँच रनको आवश्यकता परेको थियो तर गुल्सन झाले एक रन मात्र लिन सके

यस शृङ्खलामा नेपालको यो लगातार तेस्रो हार हो। पहिलो खेलमा नामिबियासँग नेपाल आठ विकेटले पराजित भएको थियो। त्यसपछि नेपालले नेदरल्यान्ड्ससँग पनि हार बेहोरेको थियो। यस नतिजासँगै नेपालको विश्वकप एकदिवसीय छनोट स्वतः प्रवेशको सम्भावना लगभग समाप्त भएको छ।

नेपाल अङ्कतालिकामा ३१ खेलबाट २४ अङ्कसहित छैटौँ स्थानमा झरेको छ। नामिबिया ३१ खेलबाट २६ अङ्क बनाएर पाँचौँ स्थानमा उक्लियो।

नेदरल्यान्ड्स ३० खेलमा ३६ अङ्कसहित तेस्रो स्थानमा रहेको छ। अमेरिका ४३ अङ्क पहिलो र स्कटल्यान्ड ३८ अङ्क दोस्रो स्थानमा छन्। आठ टिम सहभागी यस प्रतियोगिताबाट विश्वकप एकदिवसीयको छनोटमा सिधा प्रवेश पाउन शीर्ष चार र एकदिवसीय मान्यता जोगाउन शीर्ष छ मा पर्नुपर्ने हुन्छ।

पछिल्ला दुई खेलमा भन्दा सुधारिएको ब्याटिङ गरेको नेपालका लागि केही उपयोगी पालि भए पनि खेल जिताउने भूमिका निर्वाह गर्ने कोही भएन।

प्रारम्भिक ब्याट्सम्यान आसिफ शेखले ८९ बलमा चार चौकासहित सर्वाधिक ४५ रन बनाए । आसिफ र कुशल भुर्तेलले पहिलो विकेटका लागि ५१ रनको साझेदारी गरे। भुर्तेल ३४ रनमा आउट भए।  ४१ रन बनाएका कप्तान रोहित पौडेलले पनि आफ्नो पालिलाई अन्तसम्म कायम राख्न सकेनन्। आरिफ शेख अविजित ३८ रन र गुल्सन १० बलमा अविजित १९ रन पनि अन्तिम समयमा चुके।

यसअघि इशान पाण्डे १४ रन, भीम सार्की एक रन र दीपेन्द्रसिंह ऐरी तीन रन बनाउँदृ  पवेलियन फर्किएका थिए।  नामिबियाका लागि ज्याक ब्रासेलले तीन तथा रुबेन ट्रम्पलमानले दुई विकेट लिए। 

यसअघि जान फ्राइलिन्कको शतकीय पालिले नामिबियाले चुनौतीपूर्ण स्कोर तयार पारेको थियो। फ्राइलिन्क १४९ बलमा तीन चौकासहित १०० रन बनाएर रनआउट भए।

प्रारम्भिक ब्याट्सम्यान माइकल भान लिङ्गेन पाँच रनमा आउट भएपछि क्रिजमा आएका फ्राइलिन्कले लरेन स्टिनकाम्पसँग मिलेर तेस्रो विकेटका लागि १३१ रनको साझेदारी गरेका थिए।  लरेन ८७ बलमा चार चौका र एक छक्कासहित ५९ रनको अर्धशतकीय पालि खेलेपछि करण केसीको बलिङमा आउट भए। 

लरेनलाई आउट गरेर करणले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय विकेट बनाए। करणले प्रारम्भिक ब्याट्सम्यान मालन क्रुगर १५, कप्तान जेराड इरास्मस तीन, जेजे स्मिट तीन र जान ग्रिन छ को विकेट लिएर एक खेलमा पाँच विकेट लिउए।

 करणको ओडीआई विकेट सङ्ख्या १०३ पुगेको छ। करण एकदिवसीय अन्तर्राष्ट्रियमा एक सय विकेट पूरा गर्ने नेपालका दोस्रो बलर हुन्। यसअघि यो कीर्तिमान सन्दीप लामिछानेको नाममा मात्र रहेको थियो।

सन्दीपले १५४ एकदिवसीय विकेट लिएका छन। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट