Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

काभा भलिबलमा नेपाल लगातार चौथो खेलमा पराजित

काभा भलिबलमा नेपाल लगातार चौथो खेलमा पराजित

काठमाडौँ :  सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल लगातार चौथो खेलमा पराजित भएको छ। नेपाली टोली अघिल्ला खेलमा जस्तै यो पटक पनि पाँचौं सेटमा पुगेर स्तब्ध बन्यो।

पाकिस्तानको इस्लामावादमा आज नेपाल बंगलादेशविरुद्ध दुई पटकको अग्रता जोगाउन असफल भयो। नेपालविरुद्ध पुनरागमन गर्दै बंगलादेशले ३-२ को जित निकाल्यो। चौथो खेलमा नेपालले तेस्रो पटक पाँचौं सेटमा पुगेर हार भोगेको हो।

आजको खेलमा बंगलादेशले नेपाललाई १८-२५, २५-१९, २१-२५, २५-२३, १५-११ ले हराएको हो। नेपाल यसअघि पाकिस्तानसँग ३-० तथा श्रीलंका र काजकस्तानसँग पाँचौं सेटमा पुगेर ३-२ को सेटमा पराजित भएको थियो।

प्रतियोगितामा नेपाल, काजकस्तान, पाकिस्तान, श्रीलंका, बंगलादेश र उज्वेकिस्तान गरी ६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।

सबैले एकअर्कासँग खेलेपछि शीर्ष ४ टोलीले‌ सेमिफाइनल खेल्नेछन्। नेपालले राउन्ड रोबिन लिगको आफ्नो अन्तिम खेल भोलि उज्वेकिस्तानसँग खेल्ने छ। नेपालको सेमिफाइनल सम्भावना यसअघि नै समाप्त भइसकेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट