Logo

Jul 25 2026 | २०८३, श्रावण ९गते

असममा मनसुनी बाढीको कहर : ५० जनाको मृत्यु, ७ लाखभन्दा बढी विस्थापित

असममा मनसुनी बाढीको कहर : ५० जनाको मृत्यु, ७ लाखभन्दा बढी विस्थापित

नयाँ दिल्ली : भारतको उत्तरपूर्वी राज्य असममा लगातारको मनसुनी वर्षापछि आएको भीषण बाढीका कारण कम्तीमा ५० जनाको मृत्यु भएको छ भने ७ लाखभन्दा बढी मानिस विस्थापित भएका छन्।

अधिकारीहरूका अनुसार चीनको तिब्बतबाट उत्पत्ति भएर असम हुँदै बग्ने ब्रह्मपुत्र नदीमा पानीको सतह अत्यधिक बढेपछि सयौं गाउँ डुबानमा परेका छन्। बाढीले हजारौं परिवार घरबारविहीन भएका छन्। बाढीका कारण करिब ३ लाख मानिस सरकारले सञ्चालन गरेका राहत शिविरमा आश्रय लिन बाध्य भएका छन्। प्रभावित क्षेत्रमा खाद्यान्न तथा राहत सामग्री पुर्‍याउन हेलिकप्टरमार्फत आपूर्ति गर्ने काम भइरहेको असमका मुख्यमन्त्री हिमन्त बिस्वा शर्माले बताएका छन्।

उनका अनुसार बाढीले करिब ९ सय गाउँ डुबानमा परेका छन् भने ७ हजारभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ। प्रहरी, विपद् उद्धार टोली तथा स्थानीय स्वयंसेवकहरूले बाढीमा फसेका मानिसहरूको उद्धार गर्नुका साथै प्रभावित क्षेत्रमा अत्यावश्यक सामग्री पुर्‍याउने काम गरिरहेका छन्। बिहीबार साँझ असमको राजधानी गुवाहाटीमा पनि बाढीले जनजीवन प्रभावित बनेको छ। करिब २० लाख जनसंख्या रहेको यस सहरका धेरै सडक जलमग्न भएपछि यात्रुहरू घण्टौँसम्म अलपत्र परेका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij