Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

आईसीसी विश्वकप लिग–२: नेदरल्यान्ड्सविरुद्ध नेपाल ब्याटिङमा

आईसीसी विश्वकप लिग–२: नेदरल्यान्ड्सविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं : आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। खेलअघि भएको टसमा नेदरल्यान्ड्सले जित हात पार्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो। घरेलु टोलीले पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।

नेपाल, नेदरल्यान्ड्स र नामिबिया सहभागी त्रिदेशीय सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको थियो।

पहिलो खेलको हार बिर्सँदै सिरिजमा पहिलो जित र महत्त्वपूर्ण अंक जोड्ने लक्ष्यका साथ नेपाल आज नेदरल्यान्ड्सविरुद्ध मैदानमा उत्रिएको छ।

पहिलो खेलमा नामिबियासँग ८ विकेटको निराशाजनक हार बेहोरेपछि दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्सलाई पराजित गर्दै पुनरागमन गर्ने लक्ष्यमा छ। विश्वकप छनोटको सम्भावना जीवित राख्न यो खेल नेपालका लागि अत्यन्त निर्णायक मानिएको छ।

विश्वकप लिग–२ को अंक तालिकामा शीर्ष चारभित्र रहेर सिधै विश्वकप ग्लोबल छनोटमा स्थान बनाउन नेपालले बाँकी सात खेलमध्ये कम्तीमा छ खेल जित्नुपर्ने चुनौती छ। नामिबियासँगको हारले नेपालको समीकरण थप कठिन बनेको छ।

यस शृंखलापछि नेपालले आगामी अक्टोबरमा क्यानडा र अमेरिकासँग अन्तिम त्रिकोणात्मक शृंखला खेल्नेछ। लिग–२ को शीर्ष चार टोलीले सिधै विश्वकप ग्लोबल छनोटमा स्थान बनाउनेछन् भने बाँकी टोलीले प्लेअफ खेल्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट