Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

विद्यार्थी आन्दोलनबीच मोदीको प्रतिक्रिया, प्रश्नपत्र चुहावटमा ‘फास्ट–ट्र्याक’ अदालत गठन गर्ने घोषणा

विद्यार्थी आन्दोलनबीच मोदीको प्रतिक्रिया, प्रश्नपत्र चुहावटमा ‘फास्ट–ट्र्याक’ अदालत गठन गर्ने घोषणा

 

नयाँ दिल्ली : भारतको राजधानी नयाँ दिल्लीमा विद्यार्थीहरूको विरोध प्रदर्शन र संसद्मा जारी चर्काचर्कीबीच प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारको धारणा सार्वजनिक गरेका छन्। प्रधानमन्त्री मोदीले बिहीबार बिहान सामाजिक सञ्जाल ‘एक्स’मार्फत युवाको भविष्य सरकारको सर्वोच्च प्राथमिकतामा रहेको बताएका छन्। ‘हाम्रा युवाहरूको कल्याण र भविष्यभन्दा महत्त्वपूर्ण अरू केही छैन,’ उनले लेखेका छन्।

मोदीले प्रश्नपत्र चुहावटका घटनामा संलग्नलाई छिटो र कडा कारबाही गर्न सरकारले ‘फास्ट–ट्र्याक’ (द्रुत मार्ग) अदालत गठन गर्ने निर्णय गरेको जानकारी दिएका छन्। उनले सम्बन्धित निकाय र अधिकारीहरूलाई आवश्यक सबै प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिइसकेको पनि बताएका छन्। प्रश्नपत्र चुहावटमा संलग्न व्यक्तिलाई कानुनी कठघरामा ल्याउन सरकारले चालेका कदममध्ये यो महत्वपूर्ण निर्णय भएको प्रधानमन्त्री मोदीको भनाइ छ।

भारतका विभिन्न क्षेत्रमा पछिल्ला दिनहरूमा प्रश्नपत्र चुहावटको विरोधमा विद्यार्थीहरूले प्रदर्शन गर्दै आएका छन् भने यही विषयलाई लिएर संसद्मा समेत सत्ता र प्रतिपक्षबीच तीव्र बहस भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट