Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

सांसद हरि ढकालको नाकको सफल शल्यक्रिया, केही दिन अस्पतालमै उपचाररत

सांसद हरि ढकालको नाकको सफल शल्यक्रिया, केही दिन अस्पतालमै उपचाररत

चितवन :  चितवन क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालको नाकको सफल शल्यक्रिया गरिएको छ। भक्तपुरको गठ्ठाघरस्थित नागरिक अस्पतालमा सोमबार उनको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बेदप्रसाद आचार्यले जानकारी दिएका छन्।

चिकित्सकको सल्लाहअनुसार सांसद ढकाल केही दिन अस्पतालमै उपचाररत रहनेछन्। शल्यक्रियापछि उनलाई करिब १५ दिनसम्म पूर्ण आराम गर्न चिकित्सकले सुझाव दिएका छन्। स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै सांसद ढकालले आगामी केही दिनसम्म सार्वजनिक कार्यक्रम, भेटघाट तथा अन्य राजनीतिक गतिविधिमा सहभागी नहुने आचार्यले बताएका छन्।

शल्यक्रियापछि ढकालको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकको निगरानीमा उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट