Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

भूमिहीन नागरिकको समस्या समाधानमा सरकार केन्द्रित : गृहमन्त्री

भूमिहीन नागरिकको समस्या समाधानमा सरकार केन्द्रित : गृहमन्त्री

काठमाडौँ :  गृहमन्त्री सुधन गुरुङले सुकुम्वासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर रहेको बताएका छन्।

भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा अस्थायी बसोबास गर्दै आएका सुकुम्वासी परिवारसँगको छलफलमा उनले सुकुम्वासी/भूमिहीन नागरिकका समस्या समाधानमा सरकारको प्रयास केन्द्रित भइरहेको बताएका हुन्।

‘तपाईंहरूको समस्या हाम्रो पनि समस्या हो, यसलाई सरकारले गहनसँग बुझेको छ,’ उनले भने, ‘यहाँहरूले पनि सरकारलाई सहयोग गर्नुपर्‍यो।’

सुकुम्वासी/भूमिहीन समस्यालाई समाधान गर्ने सरकारको प्रयासमा कसैले पनि राजनीति गर्न नहुने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट