Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

रास्वपाको महाधिवेशनका लागि भरतपुरमा चहलपहल बढ्यो

रास्वपाको महाधिवेशनका लागि भरतपुरमा चहलपहल बढ्यो

 चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन नजिकिँदै जाँदा चितवनको भरतपुरमा चहलपहल बढ्न थालेको छ। असार ७ देखि ९ गतेसम्म सञ्चालन हुने महाधिवेशनका लागि देशभरबाट नेता, कार्यकर्ता, प्रतिनिधि तथा शुभेच्छुकहरू चितवन आउने क्रम जारी छ। रास्वपाका केन्द्रीय सचिवालय सदस्य दीपकराज बोहराका अनुसार सहभागीहरू आउने क्रम महाधिवेशन सुरु हुने दिनसम्म जारी रहनेछ।

चितवनको गर्मीलाई ध्यानमा राख्दै सहभागीहरूलाई पिउने पानी, छाता र हल्का कपडा साथमा ल्याउन सुझाव दिइएको छ। साथै, ट्राफिक व्यवस्थापनमा सहजता ल्याउन सकेसम्म कम सवारीसाधन प्रयोग गर्न आग्रह गरिएको छ। महाधिवेशनमा तीन हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ। आवास तथा भोजन व्यवस्थापन संयोजक राजन गौतमका अनुसार अधिकांश प्रतिनिधि र पर्यवेक्षकले होटल बुकिङ गरिसकेका छन्।

महाधिवेशनका क्रममा चितवनका तीन हजारभन्दा बढी होटल कोठा भरिने अनुमान गरिएको छ। सहभागीहरूलाई लक्षित गर्दै होटल व्यवसायी सङ्घ चितवन र क्षेत्रीय होटल सङ्घ चितवनले विशेष छुटको व्यवस्था गरेका छन्। आवासमा २५ प्रतिशत तथा खाना र पेयपदार्थमा १० प्रतिशतसम्म छुट उपलब्ध गराइने जनाइएको छ। महाधिवेशनले भरतपुरको होटल तथा पर्यटन व्यवसायलाई समेत चलायमान बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट