Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

एसियाली खेलकुद छनोट : आज नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दै

एसियाली खेलकुद छनोट : आज नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं :  एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने आजको खेलमा नेपाल समूह विजेता बन्ने लक्ष्यका साथ मैदानमा हुनेछ ।समूह ‘ए’को नेपाल एक एक खेल अगाडि नै एसियाली खेलकुदमा छनोट भइसकेको छ । पहिलो खेलमा चीनलाई २२१ रनले हराएको नेपाल उच्च मनोबलका साथ मैदानमा हुनेछ । नेपाल र मलेसियाबीचको खेल बिहीबार दिउँसो १२ः१५ बजे सुरु हुँदैछ ।

दुई समूह रहेको प्रतियोगिताबाट शीर्ष २–२ टोली एसियाली खेलकुदका लागि छनोट हुनेछन् । समूह ‘ए’का दुई खेलमा चीन पराजित भएपछि नेपाल र मलेसिया छनोट भइसकेका हुन् ।

नेपाल क्रिकेट संघ क्यानले एसियाली खेलकुद छनोटका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपाली टिमलाई सिंगापुर पठाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट