Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

चितवनमा फरार रहेका २४ प्रतिवादी पक्राउ

चितवनमा फरार रहेका २४ प्रतिवादी पक्राउ

भरतपुर :   चितवन प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय तथा जरिवाना तोकिएर फरार रहेका २४ जना प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका  अनुसार  जिल्ला अदालतको विभिन्न मिति र फैसलाबमोजिम कैद तथा सजाय भई फरार रहेका प्रतिवादीहरूलाई जिल्ला प्रहरी कार्यालय चितवन र मातहत कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले  बुधबार चितवनका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये चेक अनादर मुद्दाका १९ जना, जालसाजी मुद्दाका २ जना, कुटपिट मुद्दाका २ जना तथा राजस्व चुहावट मुद्दाका १ जना रहेका छन्।

पक्राउ परेका प्रतिवादीहरूबाट अदालतले तोकेको कुल १८ लाख ६७ हजार ३०९ रुपैयाँ जरिवाना असुल हुन बाँकी रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि चितवन जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रहरीले फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिँदै कानुनी शासन कार्यान्वयनमा थप प्रभावकारी रूपमा काम गरिरहेको जनाएको छ।

714004005_972535895400133_8939771582004425747_n.jfif

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट