Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

रत्ननगर उद्योग वाणिज्य संघको निर्णय : शनिबार बन्द आजबाट कार्यान्वयन

रत्ननगर उद्योग वाणिज्य संघको निर्णय : शनिबार बन्द आजबाट कार्यान्वयन

रत्ननगर : रत्ननगरको मुख्य बजार तथा आसपासका क्षेत्रका बजारहरू आज शनिबारदेखि साप्ताहिक रूपमा बन्द हुन थालेका छन्। अबदेखि प्रत्येक शनिबार बजार बन्द रहने र सोमबार नियमित रूपमा खुल्ने भएका छन्।

रत्ननगर उद्योग वाणिज्य संघका अनुसार नेपाल सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था लागू गरेपछि विभिन्न वस्तुगत संघहरूको संयुक्त बैठकले सोमबारको सट्टा शनिबार बजार बन्द गर्ने निर्णय गरेको हो।

संघका अध्यक्ष शंकर गिरीले लामो समयदेखि सोमबार बजार बन्द गर्ने अभ्यास रहेको भए पनि हालको सार्वजनिक बिदा व्यवस्थालाई मध्यनजर गर्दै निर्णय परिवर्तन गरिएको जानकारी दिनुभयो। शनिबार र आइतबार बिदा भइसकेको अवस्थामा सोमबारसमेत बजार बन्द हुँदा उपभोक्ता र व्यवसायी दुवैमा अन्योल सिर्जना भएकाले शनिबारलाई साप्ताहिक बन्दको दिन कायम गरिएको उहाँले बताउनुभयो।

संघका अनुसार निर्णय आजदेखि नै कार्यान्वयनमा आएको छ। बन्दको दिन व्यवसाय सञ्चालन गर्ने वा नगर्ने अधिकार व्यक्तिगत रूपमा व्यवसायीमा रहने भए पनि सामूहिक रूपमा एक दिन बजार बन्द गर्ने अभ्यासलाई निरन्तरता दिइएको छ। निर्णयअनुसार आज शनिबार रत्ननगरको टाँडी, सौराहाचोक, बकुलहरलगायत आसपासका बजारहरू बन्द रहेका छन् भने सोमबारदेखि नियमित रूपमा पसलहरू सञ्चालन हुनेछन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट