Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

आईसीसी विश्वकप लिग-२ : अमेरिकामाथि नेपालको शानदार जीत

आईसीसी विश्वकप लिग-२ : अमेरिकामाथि नेपालको शानदार जीत

काठमाडौँ : आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा अमेरिकामाथि शानदार जित निकालेको छ।शुक्रबार सम्पन्न सिरिजको अन्तिम खेलमा अमेरिकामाथि १२२ रनको शानदार जित निकालेको हो । यससँगै नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा भएको अन्तिम सिरिजको सुखद अन्त्य गरेको छ। अमेरिकालाई पहिलो खेलमा ९ विकेटले हराएको थियो। 

नेपाल सिरिजको पहिलो खेलमा स्कल्याण्डसँग डीएल मेथडमा २ रनले पराजित भएको थियो। दोस्रो खेलमा स्कटल्याण्डलाई ६ विकेटले हराएको थियो। योसँगै नेपालले यो सिरिजबाट ६ अंक जोडेको छ। 

यो जीतसँगै नेपाल २४ अंकमा पाचौँ स्थानमा छ। नेपालले लिग- २ का २८ खेलमध्य ११ खेलमा जित, १५ खेलमा हार र २ खेलमा अंक बाँड्दै २४ अंक बनाएको हो।

लिग २ मा नेपालले अब ८ खेल खेल्न बाँकी छ। सबै खेल नेपालले विदेशी भूमिमा खेल्नेछ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट