इच्छाकामना ः चितवनको इच्छाकामना गाउँपालिका १ कुलवाङमा विषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर बिरामी भएको छ । मृत्यु हुनेमा स्थानीय श्याम बहादुर चेपाङको ११ वर्षीया छोरी नमूना चेपाङ रहेको इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले जानकारी दिनुभएको छ ।
अध्यक्ष गुरुङका अनुसार अन्य दुई जना गम्भीर बिरामी परेका छन् । बिशाक्त च्याउ खाएर गम्भीर बिरामी हुनेमा श्याम चेपाङकै १३ बर्षिया छोरी मनिता र ९ बर्षका छोरा साजन रहेका छन् । गम्भीर बिरामी भएका दुबैजनालाई सूचना थाहा पाउनासाथ पालिकाले गाडिको व्यवस्था गरि उपचारका लागि अस्पताल लगिएको अध्यक्ष गुरुङले बताउनुभयो ।
वडाध्यक्ष सन्त बहादुुर रानाका अनुसार चेपाङको परिवारले परिवारले चार दिन अघिमात्र जंगलबाट च्याउ ल्याएर खाएको स्थानीयले बताएक छन् । च्याउ खाएपछि बिस्तारै स्वास्थ्यमा समस्या देखिएको र गएराती देखि सिकि
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij