काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले आफुलाई थप शक्तिशाली बनाउने प्रयास गरेका छन् । जस अन्तर्गत उनले देशको एक मात्र गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत लगेका छन्।
बुधबार पारित भएको कार्यसम्पादन नियमावलीमार्फत विभागलाई प्रधानमन्त्री कार्यालय मातहत लगिएको थियो । यसअघि २०७४ सालमा केपी शर्मा ओलीले विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्दा ठूलो आलोचना भएको थियो। बालेनले पनि ओलीकै शैली अपनाएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij