Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

महावीर पुनले भने–मेरो माग पूरा भयो, सरकारलाई दीर्घायुको कामना

महावीर पुनले भने–मेरो माग पूरा भयो, सरकारलाई दीर्घायुको कामना

काठमाडौँ :  प्रतिनिधिसभा सदस्य महावीर पुनले आफूले लामो समयदेखि उठाएको माग पूरा भएको जनाएका छन् । २ दिन अघि संसदमा बोलेको र तीन हप्ता अगाडि प्रधानमन्त्रीलाई बुझाएको लिखित माग पूरा भएको उनले उल्लेख गरेका छन् । 

उनले भनेका छन्– 'मैले लामो समय देखि गरेको माग पुरा भयो। दुई दिन अगाडी मैले संसदमा राखेको मागको भिडियो ता देख्नु नै भयो होला। त्यो भन्दा तीन हप्ता अगाडी मैले प्रधानमन्त्री ज्यूलाई बुझाएको लिखित माग पनि हेर्नु होला। अव सो विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयलाई दक्षताका साथ कसरी चलाउने भन्ने आइडिया भएका जान्ने सुन्ने देशभक्त वैज्ञानिकहरू र अनुसन्धानकर्ताहरू छलफल गर्न आउनुहोस् भन्ने अनुरोध गर्दछु । नेपाल सरकारलाई धेरै धेरै धन्यवाद तथा दीर्घायुको कामना गर्दछु। साथै मैले रिसको झोँकमा नेताहरूलाई दिएको श्राप पनि फिर्ता गर्दछु।'

पुनले प्रधानमन्त्रीलाई छुट्टै विज्ञान प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय गठन गर्न माग गरेका थिए । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट