Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

गैँडाकोट इङ्लिस स्कुलको उत्कृष्ट नतिजा, ८० प्रतिशत विद्यार्थी ए ग्रेडभन्दा माथि

गैँडाकोट इङ्लिस स्कुलको उत्कृष्ट नतिजा, ८० प्रतिशत विद्यार्थी ए ग्रेडभन्दा माथि

गैँडाकोट :  नवलपुरको गैँडाकोटमा रहेको गैडाकोट इङ्लिस स्कुल ले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट नतिजा हासिल गरेको छ । विद्यालयबाट परीक्षा दिएका ६० जना विद्यार्थीमध्ये २५ जनाले ३.६१ देखि ४.०० जीपीए प्राप्त गर्दै ए प्लस ग्रेड हासिल गरेका छन् । यो कुल विद्यार्थी संख्याको ४२ प्रतिशत हो ।

त्यसैगरी, २३ जना विद्यार्थीले ३.२१ देखि ३.६० जीपीए ल्याएर ए ग्रेड प्राप्त गरेका छन्, जुन ३८ प्रतिशत हो । समग्रमा विद्यालयका ८० प्रतिशत विद्यार्थीले ए ग्रेडभन्दा माथिको नतिजा हासिल गरेका छन् । साथै, ११ जना विद्यार्थीले २.८० देखि ३.२० जीपीए ल्याएका छन्, जुन १८ प्रतिशत हो ।

विद्यालयका प्राचार्य हिरालाल अर्याल ले विद्यार्थी, शिक्षक र अभिभावकको संयुक्त मेहनतका कारण विद्यालयले ऐतिहासिक सफलता हासिल गरेको बताए ।

उनले भने, “यो नतिजाले हाम्रो विद्यालयको शैक्षिक गुणस्तर र मेहनतलाई प्रमाणित गरेको छ । विद्यार्थीहरूको निरन्तर परिश्रम, शिक्षकहरूको समर्पण र अभिभावकको विश्वासले हामीलाई यो सफलता दिलाएको हो । आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्दै विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय प्रतिबद्ध रहनेछ ।”

विद्यालयले पछिल्ला वर्षहरूमा आधुनिक शिक्षण पद्धति, अनुशासन, प्रविधिमैत्री अध्ययन प्रणाली तथा अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिँदै आएको जनाएको छ । यस सफलतासँगै गैँडाकोट इङ्लिस स्कुल नवलपुर क्षेत्रमा उत्कृष्ट शैक्षिक संस्थाको रूपमा थप स्थापित बन्दै गएको स्थानीय अभिभावकहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट