Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

आफूमाथि लागेको आरोपको छिटो छानबिन गर्न सुधन गुरुङको माग

आफूमाथि लागेको आरोपको छिटो छानबिन गर्न सुधन गुरुङको माग

काठमाडौँ :  राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद एवं पूर्वगृहमन्त्री सुधन गुरुङले आफूमाथि लागेको आरोपको छिटो छानबिन गरिदिन आग्रह गरेका छन्।  

सोमबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै गुरुङले आफूमाथि लागेको आरोपको छानबिनको पर्खाइमा रहेको बताए । उनले छिटो छानबिन गर्न आग्रह गरे। आफूमाथि लागेका आरोप पुष्टि भए कारबाही भोग्न आफू तयार रहेको उनको भनाइ छ ।

तर आफू निर्दोष पुष्टि भए आरोप लगाउनेमाथि कारबाही हुनुपर्ने उनले बताए । विवादास्पद व्यवसायी दीपक भट्टसँगको सेयर कनेक्सनले गुरुङ विवादमा मुछिएका थिए।  

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट