Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

उपत्यकाका तीनै जिल्लाबाट ट्राफिक सचेतना कक्षा सुरु हुने

उपत्यकाका तीनै जिल्लाबाट ट्राफिक सचेतना कक्षा सुरु हुने

काठमाडौँ :  काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लंघन गर्ने चालकहरूका लागि सञ्चालन गरिने सचेतना कक्षाको दायरा विस्तार गरेको छ।

हालसम्म रामशाहपथस्थित केन्द्रीय कार्यालयमा मात्रै भौतिक रूपमा सञ्चालन हुँदै आएको यस्तो कक्षा अब ललितपुर र भक्तपुरबाट पनि सुरु हुने भएको हो ।

ट्राफिक प्रहरीका अनुसार आगामी २०८३ जेठ १ गतेदेखि ट्राफिक प्रहरी परिसर ललितपुर र ट्राफिक प्रहरी परिसर भक्तपुरबाट समेत सचेतना कक्षा पुनः सञ्चालन गर्ने तयारी पुरा भएको छ । काठमाडौँ उपत्यकामा मादक पदार्थ सेवन गरी सवारी चलाउने ९मापसे०, तीव्र गतिमा सवारी गुडाउने, रातो बत्ती र सडक लेन उल्लंघन गरी कारवाहीमा परेका चालकहरूले अनिवार्य रूपमा यस्तो कक्षा लिनुपर्ने प्रावधान छ ।

लामो समयदेखि रामशाहपथमा मात्रै सचेतना कक्षा सञ्चालन हुँदा अन्य जिल्लाका चालकहरूले झन्झट बेहोर्नु परिरहेको थियो । अब तीनै जिल्लाका ट्राफिक कार्यालयबाट कक्षा सञ्चालन हुने भएपछि सेवाग्राहीलाई सहज हुने अपेक्षा गरिएको छ । 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट